विराटनगरमा एकजना युवकको हत्या भएको छ। दुई जना गम्भीर घाइते भएका छन्। मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका-२ स्थित नेपाल टेलिकम नजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएका थिए।

घाइतेमध्ये कटहरी गाउँपालिका-१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो। कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन्।

प्रहरीले घाइतेलाई अस्पताल पुर्‍याएपछि मात्रै घटनाको जानकारी पाएको बताएको छ।