निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका-१५ तोरीबारीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार आठ वर्षका रुपकला मगरको मृत्यु भएको हो भने ४० वर्षीया हीरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन्। गम्भीर भएका उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

तोरीबारीमा पहिरोले चार घर पुरेको छ भने अन्य पाँच घर उच्च जोखिममा छन्।