नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ।

सत्ताबाट बाहिरिने क्रममा रहेको माओवादी केन्द्रले आज अपराहन्न २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो।

कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि सत्ताबाट बाहिरिने अवस्था बनेपछि माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ।

स्पष्ट अल्पमतमा परेका माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्।