अस्तालमा उपचार गराएर नशामुक्त्त भै पुर्नजिवनपाउन सकिन्छ भन्ने धेरै लागु औषधको कुलतमा परेर सिकिस्त भएका विरामीहरुले अझै थाहापाउन सकेका छैनन। यसैले अझै धेरै कुलतका विरामीहरु उपचार अभावमा शारिरिक र मानसिक रोगी बनिरहेका छन। साथै  अस्पतालको उपचार अभावले अझै धेरै विरामीहरु नशा मुक्त्त हुनसुधार केन्द्रको भरपर्न पनि बाध्य भैरहेका छन। तर आजकल लामो समय लागु पर्दाथहरु रक्सी, गाँजा, ब्राउनसुगर र मेडिकल ड्रग्स (ब्याब्लेट, सुई र सिरप) प्रायोग गरेर शारिरिक र मानसिक रुपमा असक्त्त भएका विरामीहरुलाई विशेषज्ञ चिकित्सकहरुले अस्पतालमा भर्ना गरेर प्रत्यक्ष निगरामा सफल उपचार गर्न थालेका छन । 

सुधारकेन्द्र छाडेर अस्पताल आउन थाले विरामी 

आजकल सुविधा सम्पन्न अस्पतालहरुमा दक्ष मनोचिकित्सहरु बाट नशा मुक्त्त बनाउने सफल उपचार हुनथालेपछि लागु औषध सेवन गरेर शरिरिक र मानसिक रुपमा असक्त्त भएका विरामीहरु सुधारकेन्द्र जान छाडेर अस्पताल आउनेक्रम बढन थालेको छ। चिकित्सकहरुका अनुसार पहिले अस्पतालहरुमा नशा मुक्त्तहुने उपचार गराउन लागु औषधका विरामीहरु एक दुई जनामात्रआउने गर्दथे। तर ठूला अस्पतालहरुले मानसिकविभाग स्थापना गरेर दक्ष मनो चिकित्सकहरु बाट स्वदेशमै भरपर्दो उपचार गराउन थालेपछि नशामुक्त्त हुन अस्पतालमा आउने विरामीहरु आर्कषित हुनथालेको चिकित्सकहरुको भनाई छ। हाल मोरङको बुढीगंगा २ मा रहेको विराट शिक्षण अस्पतालमा मात्र  मानसिक विभागमा दैनिक बीस जनाभन्दा बढी लागु पर्दाथ सेवन गर्ने सिकिस्त विरामीहरुको उपचारका लागि भर्ना हुन थालेका छन।

koirala nabraj यसरी गर्छन चिकत्सकहरु कुलतका विरामीको उपचार

अस्पतालमा शारिरिक मानसिक रुपमा सिकिस्त भएर आएकालागू औषधका विरामीहरुलाई बिशेषज्ञ मनोचिकित्सकहरुले मानसिक विभागमा विज्ञहरुको टिम नै परिचालन गरेर उपचार गर्ने गर्दछन। अस्पतालमा आएकाविरामीहरुको चिकित्सहरुले पहिले विमारको अवस्था बुझेर ‘बेसिकलाईन चेक’अन्तर्गतपहिले विरामीको सुगर, प्रेसर, मृगौला, कलेजो, पिसाब, मुटु र रगतआदि चेकजाँच गर्ने गराउने गर्दछन। त्सपपछि जाँचको रिर्पोटका आधारमा विरामीहरुलाई मानसिक विभाग अन्गर्तत कसैलाई सघन त कसैलाई समान्य कक्षमा राखेर चिकित्सहरुले प्रत्यक्ष निगरानीमा चौविसै घण्टा उपचार गर्दछन। उपचारका क्रममा कुलतका विरामीहरुको शारिरिक मानसिक अवस्था अनुसार क्रमश फिजिकलसँगै कुलतमुक्त्त गराउने औषधी सेवन गराउने गर्दछन। यसरी अस्पतालमा १० देखी एक महिनासम्म भर्ना भएर विज्ञ चिकित्सकहरुको निगरानीमा प्रत्यक्ष उपचार गरेका विरामीहरु कम्तीमा छ महिनादेखी एक बर्षसम्म नियमित औषधी सेवन गरेर नशामुक्त्त हुनेगरेका छन्। 

उपचार हुनथालेपछि कुलतमुक्त्तहुन अस्पताल आउने विरामीहरु बढन थाले 

सुविधा सम्पन्न अस्पतालहरुले दक्षविशेषज्ञ चिकित्सहरु नियुक्त्त गरेर मानसिक विभागमा उपचार गर्न थालेपछि पहिले सुधार केन्द्रमाजाने र घरमै रोगी भएर बस्न बाध्य भैरहेका लागू पर्दाथकाविरामीहरु आजकलउपचार गराउन आस्पतालमा आउनेक्रम बढन थालेको मोरङ बुढीगंगा २ स्थित विराट शिक्षण अस्पतालका मानसिक विभाग प्रमुख मनोचिकित्सक प्रोफेसर डाक्टर नवराज कोइराला बताउँछन। विज्ञ मनोचिकत्सक कोइरालाका अनुसार आजलक अस्पतालमा सफलउपचार हुनथालेपछि दैनिक बीस जनासम्म कुलत मुक्त्त हुने उपचार गराउन विरामीहरु विराट अस्पतालमा आउन थालेका छन।

कुलत मुक्त्तउपचारमा अझै प्रचारप्रसारको कमी

चिकित्सक कोइरालाका अनुसार अझै दक्ष चिकित्सकहरुबाट सुविधासम्पन्न अस्पतालहरुमा सस्तो खर्चमा भरपर्दो तरिकाले नशामुक्त्त गराउने उपचार हुन्छ भन्ने धेरै विरामी र आफन्तहरुले जानकारी पाइसकेका छैनन। यसैले जानकारी अभावले पनि आउनुपर्ने जति कुलतका विरामीहरु उपचार गराउन अस्पताल आउने गरेका छैनन। अस्पतालमा गएर कुलत मुक्त्त भएर पुर्नजिवन पाउन सकिन्छ भन्ने  सबैले जानकारी पाएमा अस्पतालमा उपचार गराएर कुलत मुक्त्त हुनआउने विरामीको संख्या उल्लेख्य रुपले बढने छ। मनोविज्ञ चिकित्सक डा कोइराला भन्छन, ‘कुलतमा परेर शारिरिक र मानसिक विरामी भएकाहरुको अस्पतालमा भरपर्दो र सस्तो उपचार हुन्छ भन्ने अझै प्रचार प्रसार हुन सकेको छैन। यसैले अझै धेरै विरामीहरुको पहुँच अस्पतालसम्म पुग्न सकेको छैन। तर उचित प्रचारप्रसार भएमा धेरै जना विरामीहरु अस्पतालमा आएर उपचार गराएर नशा मुक्त्तभएर पुनर्जिवन पाउने हरुको सख्या उल्लेख्य बढने छ।’ 

medical biratअस्पतालमा उपचार गराउने  विरामीहरु कुलतमुक्त्त हुन्छन 

विज्ञ चिकित्सकहरुका अनुसार लामो समय नशा सेवन गरेर शारिरिक र मानसिक रुपमा विरामी भएका रोगीहरु प्रायले आफुलाई विरामी ठान्दैनन। यसैले धेरै विरामीहरुले उपचारका लागि अस्पताल आउन अटेर गर्ने गरेका छन। विरामी भएको महशुस गर्नेहरु धेरैजनाले पनि अस्पतालमा उपचार गराएर नशामुक्त्तहुन सकिन्छ भन्ने अझै विश्वास गर्नेगरेका छैनन। यसैले उनीहरु अस्पतालमा भर्ना भएर चिकित्सकको निगरामीमा उपचार गराउन अस्पताल जान हिच्कचाउने गरेका छन। अस्पतालमा सफलउपचार हुन्छ भन्ने जानकारीको अभावमा अझै आफन्त र अभिभावकहरुले कुलतमुक्त्त बनाउने आशामा विरामीलाई महंगो शुल्क तिरेर  सुधार केन्दमा भर्ना गरिदिने गरेका छन। तर सुधार केन्द्रमा चिकित्सकको निगरानीमा विरामीको चेकजाँच र औषधी उपचार हुदैन। यसैले केहीमहिना  सुधारकेन्द्रमा बसेर नशा सेवनबाट ‘डिसकनेक्न्ट’ भएकै भरमा विरामीहरु दुब्र्यसनको विमारबाट मुक्त्तसक्दैनन। बरु पटक पटक सुधारकेन्द्रमा बसेपनि उनीहरु निस्केर समाजमा गएपछि नशामुक्त्त भएर पुर्नस्थापना हुनुको साटो पुन लागु औषध सेवन गर्न थालेर विरामी बनिरहन्छन। जसले गर्दा घर परिवारले मात्र नभएर समाजले समेत हानी नोक्सीनी बेहोरिरहनुपर्दछ। उपचार अभावले नशा मुक्त्त हुन नपाउँदा उनीहरुको जिवन सधैका लागिअन्धकार मात्र बन्दैन मृत्युपनि हुनेगर्दछ। मनोचिकित्सकहरुका अनुसार अस्पतालमा आएर उपचार गराएमा लागु औषध सेवन गर्ने विरामीहरु केही महिनापछि नै निको भएर पुर्नजिवन पाउन सफल हुन्छन। विराट शिक्षण अस्पतालमा कुलतका विरामीहरुको उपचार गर्दै आएका मनोचिकित्सकहरु भन्छन,‘अटेर गरेर गतिछाडी औषधी नै खानछाडेर पुन नशा गर्ने विरामीहरुमात्र हत्तपत्त निको हुदैनन तर अस्पतालमा उपचार गराएर नियमित औषधी सेवन गरेका विरामीहरु प्राय सबै कुलतमुक्त्त भैरहेका छन।’