विराटनगर २ कार्तिक ।

 विश्व खाद्य दिवसको अवसरमा एसियाका साना कृषकहरु संग ऐक्यबद्धता जनाउदै दिगो खाद्य प्रणालीको माग सिहत विराटनगरमा प्रर्दशनि गरिएको छ । 

विहिवार दिगो विकास इन्ष्टिच्युट,जागरन विराटनगर,राजसनी र सर्वदा महिला सहकारी संस्थाका सदस्यहरु लगायत कृषि अभियान्ताह्रुले भेला आयोजना गरेर विराटनगर स्थित रोडशेस चोकमा प्रर्दशनी गरेका छन् । उनिहरुले विभिन्न नारा लेखिएका प्लेकाढ बोकेर प्रदर्शनी गरेका हुन् । 

सो भेलामा सहभागिहरुले स्थानिय खाद्य प्रणाली ,कृषि जनताकालागि, नाफाका लागि होइन,खाद्य र जलवायु न्याय विना ,लैगिंक न्याय सम्भव छैन ,साना किसानको उन्नति देशको प्रगति,विषाधी रहित कृषि ,अवको आवक्ता,जहाँछ फाइदा मुखी कृषि त्यहाँ पर्यावरणको वर्वादी, हाम्रो माग जलवायु उत्थानशील खाद्य प्रणाली जस्ता नारा लेखिएका प्लेकाढ बोकेर प्रर्दशनी गरेका थिए । 

pardarsani (1)

pardarsani (9)

सहभागिहरुले मुख्यमन्त्री तथा कृषि मन्त्रालयमा विकसानको स्थानियता ,स्वतन्त्र र दिगो खाद्य उत्पादनलाई समर्थन गर्न साना किसानका उत्पादनलाई प्राथमिकता दिन र साना किसान मुखि नीतिहरु बनाउन आग्रह् समेत गरेका थिए । 

pardarsani (7)