मुख्यमन्त्री कार्की विश्वासको मत ÷विराटनगर

विराटनगर १ कार्तिक 

  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १६८ को उपधारा ९५० अनुसार विश्वासको मत पाएका छन् ।

कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ८६ र विपक्षमा ५ मत प्राप्त भएको थियो । छ जना राप्रपाका सदस्य मध्ये एक जना भने अनुपस्थित रहेका थिए ।

मुख्यमन्त्री कार्कीलाई एमालेका ३९, काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा ९ एकीकृत समाजवादीका ४ र जसपाको १ सांसदले विश्वासको मत दिएका हुन् । कार्र्की कोशी प्रदेशको दोस्रो प्रदेशसभाको तेस्रो पाँचौं पटकको मुख्यमन्त्री बनेका छन् । 

 एमालेका ३९ र काँग्रेसका विद्रोही ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री भएका हुन् । यद्यपि गठबन्धन दलले पनि उनलाई समर्थन गर्दै विश्वासको मत दिएको हो ।

विश्वासको मत पाइसके पछि संचारकर्मीहरु संग कुरा गर्दै मुख्यमन्त्री केदार कार्कीले सवै दलहरुसंग सम्बाद गरेर सहमतिय सरकारको प्रयास गर्ने बताएका छन् । उनले जनसेवा जनअधिकारको रक्षा सुसासन संर्गै समृद्धि सरकारको लक्ष रहेको बताए । 

नेकपा एमाले संसदियदलका नेता एवम् पुर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा एमालेले सहयोग गरे कोशी सरकार बनाएको हुनाले सरकारमा बस्ने बताएका छन् । उनले केदारकार्कीलाई हामीले समर्थन गर्यौं र मध्यावधिमा जानसक्ने चक्रको अन्त्य गरेको बताए । 

pradesh sava

नेपाली कांग्रेसका नेता एवम पुर्व मुख्यमन्त्री उद्धव थापाले पार्टी भित्र कुण्ठा बोकेर संघर्ष गरेर  युद्ध मैदानमा युद्ध जितेर घर फर्के पछि सम्मानका साथ सुइकारेको बताए । 

नेकपा माओवादी केन्द्र को कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नेकपा एमाले जबरजस्ती सत्ता गठबन्धनमा घुसेकोले अब बाहिरिनुपर्ने बताएका छन् । नेता आङ्बोले आफूहरुले गठबन्धनको स्पिरिटअनुसार मुख्यमन्त्रीलाई निसर्त मत दिएका बताए ।

यता राप्रपा नेपालका संसलिय दलका नेता भक्ति सिटौलाले आफुहरु प्रतिपक्षीमा बस्ने निर्णय गरेको भन्दै यो सरकारलाई शुभकामना दिएका छन् उनले यो सरकारले नेपाली जनताको हितमा काम गर्नु पर्ने बताए ।

नेकपा एसका संसलिय दलका नेता राजेन्द्र राइले सरकारमा जाने गरि यो सरकारलाई समर्थन गरेको बताए । 

koshi pradesh sava