शान्ति सुरक्षा कायम गर्न र कार्यालय व्यवस्थापन गर्न तथा ट्राफिक व्यवस्थापनका लागि नेपाल प्रहरीलाई कटहरी गाँउपालिकाले करिब २ लाख मुल्य बराबरका विभिन्न सामग्री उपलब्ध गराएको छ ।

कटहरी गाँउपालिका कार्यालयमा सोमवार एक कार्यक्रमका बीच कटहरी गाँउपालिकाका अध्यक्ष देवराज चौधरीले जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेललाई १० थान साइकल, एउटा कम्प्युटर, एउटा प्रिन्टर र २१ थान कोन हस्तान्तरण गरेका हुन । प्रहरीलाई गस्ती गर्न साइकल अभाव भईरहेको र प्रहरी चौकी कटहरीलाई साधन स्रोत सम्पन्न बनाउन कम्प्युटर उपलब्ध गराइएको गाँउपालिका अध्यक्ष देवराज चौधरीले बताए । उनले नजिकिदै गरेको चाढवाढलाई ध्यानमा राखेर सुरक्षाकर्मीलाई सुरक्षा दिन सहज होस भन्ने उद्येश्यले सामग्री वितरण गरेको बताए । 

gp3

कटहरी गाँउपालिकाले उपलब्ध गराएको सामानहरु प्रहरीले कटहरीवासीहरुलाई शान्ति सुरक्षा उपलब्ध गराउन प्रयोग गरिने मोरङ प्रहरीले जनाएको छ । स्रोत साधनको कमि भएको बेला सो गापाले गरेको सहयोगले ठुलो उपब्धि हुने बताइएको छ । 

gp2