विराटनगर २२ जेठ 

  कोशी प्रदेश सरकारमा बस्ने नवस्ने बारे नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । 

कोशी प्रदेशमा माओवादी केन्द्र नेकपा एमाले नेतृत्वको सरकारमा रहेको छ  मोवादी केन्द्रले जरुरी भनेर बठैक बोलाएको हुनाले आजको बैठकमा सरकारबाट छाड्न सक्ने सम्भावना रहेको बताएको छ । 

   नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्की माओवादी केन्द्र, राप्रपा र जनता समाजवादीको समर्थनमा २४ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए । जसपा समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिए पनि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छैन । यता राप्रपाले भने कुनै दलमा पनि वलियो आधार नभएका कारण सरकार छोड्न नपर्ने बताउदै आएको छ । 

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। ९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद् छन् ।