हिन्दू धार्मिक क्षेत्रमा एक उदायमान चम्किला ताराहिन्दू धार्मिक क्षेत्रमा एक उदायमान चम्किला तारा हुन पं. श्री कृष्ण कोइराला

कैलाली  जिल्लाको पहलमानपुर  २ मा विं स २०५०/९/२२ का दिन पिता स्व राम कोइराला  र माता राम माया कोइराला को  दोश्रो सन्तानको रुपमा जन्म लिएका पं. श्री कृष्ण कोइराला सानै उमेर देखि भागवत कथा वाचन, सामाजिक कार्य देखि लिएर हिन्दू धार्मिक कार्यमा रुचि राख्ने व्यक्ती थिए।

उनको यस्तो चाहाना रुचि देखेर सबै गाउँका मानिसहरु छक्क पर्थे यति सानो उमेर देखि नै धार्मिक कार्यमा यति धेरै चासो लिएकाले पनि होला उनी अहिले हिन्दू धार्मिक क्षेत्रमा एक उदायमान चम्किला तारा भएका छन।

उनको रुची अनुसार पारिवारिक वातावरण र परिवारका सदस्य हरुको  प्रेरणाबाट उनी साच्चै उनले सोचेको वा चाहे अनुसार हिन्दू धार्मिक रीतिरिवाज अनुसार विभिन्न धार्मिक कार्यक्रमहरुमा सहभागी हुँदै बाल्यकाल देखि नै धार्मिक सामाजिक विचारका धनी परोपकारी दिन दुखी प्रती दया राख्ने पं श्री कृष्ण कोइराला ज्यू ले आजसम्म उनले २५० भन्दा माथि भागवत पुराण कथा प्रवचन गरी सकेका छन् । अहिलेपनि उनी  सार्वजनिक, व्यक्तिगत भागवत पुराण, एवम १८ पुराण वाचन गर्न सक्ने अवस्थामा आफ्नो कार्य निरन्तर गरिरहेका छन् । यति सानो उमेरमा यस्ता थोरै व्यक्ति मात्र हुन्छन जो धार्मिक गतिविधिमा लाग्न सकुन तर पं कृष्ण कोइराला लाई त्यो उमेरको हदले यो कार्यमा लाग्न रोकेन उनी यति सानै उमेर देखि नै हिन्दू संस्कारका कार्यहरु देखि लिएर धार्मिक गतिविधिमा लागि रहेका छन ।

वहाँ सङ्ग हामीले कुराकानी गर्दा उहाले भन्नुभयो  – मैले सानै देखि जुन सपना देखेको थिए सायद त्यो सपना आज पुरा हुने क्रममा छ, किनकी जब मेरो बाबा गाउँघरमा कर्मकाण्डमा जानु हुन्थ्यो,उहाँले कार्यहरु गरेको देखेर मलाई पनि यस्तै गरी कर्म गर्न, सबैको मन भगवानमा लागोस् सबैलाई भगवानले कल्याण गर्नुहोस भन्ने मन लागेर आउथ्यो पछि समय वित्दै जादा मेरो बाबा, आमा र मेरा दाजुको हौसला र समर्थनले मलाई पनि यता तिर लाग्न प्रेरित गर्यो मैले पनि विस्तारै यो बाटोमा लागे, आज मलाई धेरै जना भक्तजनहरुले चिन्नु हुन्छ ।

हामी हिन्दू धर्मका अनुयायी भएपछि हामीले गर्नुपर्ने कर्मकाण्डहरु त गर्नैपर्छ साथमा आजभोली नित्य कर्मकाण्ड लगायत पौराणिक कथा, भागवत कथा वाचन लगायतका धार्मिक कार्यहरुका लागि धेरै भक्तजनहरुले सम्झिनु हुन्छ त्यो भए पछि त मैले आजभोली कति स्थानमा समय दिन पनि कठिन भएको छ, यो देख्दा लाग्छ मैले बचपन देखि देखेको सपना पूरा हुँदैछ । आज म जे छु  मेरो बाबा बितेर गएपनि उहाको आशीर्वाद छ । आमा  दाजु लगायत मेरो परिवार साथै मलाई माया गर्नुहुने सबै भक्तजन हरुको  कारण छु साथमा अरुहरु पनि हुनुहुन्छ। जो मलाई सदैव साथ र हौसला प्रदान गर्नु हुन्छ । म सबैलाई यो हृदय बाट सम्झना चाहन्छु आउँदा दिन हरुमा यसरीनै माया गरिदिनुहुनेछ भन्ने कामना गर्दै  सबैलाई साधुवाद अर्पण गर्न चाहन्छु ।।
धन्यवाद  जय श्री राधे जय श्री कृष्ण