नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनीत १३ जना सदस्यले शपथ लिएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय, च्यासलसमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।
एमालेको असोज २४ गते बसेको स्थायी कमिटी बैठकले उनीहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको थियो।
स्थायी कमिटीबाट बैठकमा केन्द्रीय कमिटीमा मनोनीत हुनेमा सिर्जना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्बुहाङ, नवीन रोका, मिनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसी छन्।
शपथ ग्रहण कार्यक्रममा एमालेका शीर्ष नेताहरू सहभागी थिए।












