रास्वपा सांसद राजिव खत्रीले भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेलाई ‘नेपोबेबी’ भनेर भएको टिप्पणीको जवाफ खोजेका छन्।
संसदीय सुनुवाइ समितिमा पाण्डेमाथिको सुनुवाइ जारी छ। बैठकमा सांसद खत्रीले जेनजी आन्दोलनको स्मरण गरे।
आफूले योग्यता र क्षमतामा प्रश्न नगर्ने भन्दै खत्रीले भने, ‘तपाईं ५ पटक मन्त्री भएका व्यक्तिको सुपुत्र हुनुहुन्छ। तपाईं नेपोबेबी हो कि होइन?’
साथै, खत्रीले पाण्डेले विगतमा नेपालको कूटनीतिमा समेत खिया लागेको भनेर अभिव्यक्ति दिएको स्मरण गराए।
‘तपाईंको कार्यकाल सकिंदा कूटनीतिमा लागेको खिया हट्ला ?’, उनको प्रश्न छ। प्रस्तावित राजदूत पाण्डेले आफ्ना प्रतिबद्धताहरू सुनुवाइ समितिमा राखिसकेका छन्।












