नेकपा एमालेको मुख्यालयको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी फिर्ता भएका छन्।

गृह मन्त्रालयले गत असोज २३ गते भीभीआईपी तथा भीआईपीको सुरक्षामा तोकिएको मापदण्डभन्दा बढी सुरक्षाकर्मी खटाइएको भए सात दिनभित्र सम्बन्धित दरबन्दीमा फिर्ता पठाउन निर्देशन दिएको थियो।

मन्त्रालयको सोही निर्देशनअनुसार सोमबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा खटिएको सशस्त्र प्रहरीको टोली फिर्ता भएको हो।

यसअघि एमाले पार्टी कार्यालयको सुरक्षाका लागि पाँच जना सशस्त्र प्रहरी चौबिसै घण्टा खटिँदै आएका थिए।