मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आह्वानमा गत बुधबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो।

उक्त बैठकले १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेसहित विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

त्यसको दुई दिनमै मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।