दसैंमा घर जानेहरूका लागि सरकारले आजदेखि अग्रम टिकट बुकिङ खुला गरेको छ।
अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा बिहानैदेखि टिकट लिने यात्रीको घुइँचो लागेको छ। लामो तथा मध्यम दूरीका सवारीसाधनको टिकट लिने यात्रीको घुइँचो लागेको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुन्यप्रसाद सिटौलाका अनुसार देशभरका सबै क्षेत्रमा जाने लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिएको हो।
यातायात व्यवस्था विभाग,नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच गत मङ्गलबार चाडपर्वलक्षित यातायात सेवाका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो।
सोही निर्णयअनुसार आजदेखि अग्रम टिक बुकिङ खुला भएको हो।












