पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्ष पदको सपथ लिएकी छिन्।
बिहीबार पार्टीको कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमकाबीच भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीले सपथ गराएका हुन्। असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनलाई वरिष्ठ नेतामा मनोनीत गरेको थियो।
भण्डारीले बरिष्ठ नेताको पदमा शपथ ग्रहण गरेपछि स्थायी कमिटी बैठक औपचारिक रूपमा सुरु भएको छ।












