कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ।

कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाकाअनुसार बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रदेश सचिव रामकृष्ण अधिकारीलाई अर्को व्यवस्था नभएसम्म सामाजिक विकास मन्त्रालयको कामसमेत गर्ने गरी जिम्मेवारी तोकेको छ।

प्रदेश आर्थिक कार्य विधि तथा वित्तीय उत्तरदायी ऐन, २०७८ को दफा ४७ तथा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी नियमावली, २०७९ को नियम १११ बमोजिम मोरङको प्रमुख जिल्ला अधिकारीको अधिकार क्षेत्रमा बसेको मिनाह सिफारिस समितिले निर्णय गरेर कोशी प्रदेशसभा सचिवालय जेनजी आन्दोलनबाट नष्ट भएका अचल सम्पत्ति मिनाह गर्ने निर्णय भएको प्रवक्ता मन्त्री शेर्पाले बताए।

उनका अनुसार कोशी प्रदेशमा अपाङ्गता भएका व्यक्तिका अधिकारसम्बन्धी विधेयक तर्जुमा सिद्धान्त स्वीकृत गर्ने र कोशी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत निकायका आव २०८३र८३ को अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए।