प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पारस्परिक सम्मान अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल भारत सम्बन्धको अविच्छिन्न अङ्ग भएको बताएका छन्। दुई दिने भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्। 

त्यस क्रममा प्रधानमन्त्री शाहले दुई देशबिचको छलफलमा दूरगामी छलफल गरेको भन्दै नेपाल भारत सहकार्यका विविध क्षेत्रका साझेदारी र शिलान्यास गरेको बताए। त्यस्तै, उनले उक्त समझदारी र अघि बढाएका परियोजनाको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्ने बताए।

‘युवाको हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ, विद्यार्थीका सपना नयाँ सम्भावना उद्यमीले बजार र लगानी विस्तार गर्न सक्नुपर्छ’, प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्रीले उक्त समझदारीले नेपाल भारतको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास गरे।