झापाको गौरादहमा स्कुटर दुर्घटनामा घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
शनिबार बिहान ९ः१० बजे गौरादह–५ बालुबथानस्थित भित्री सडकखण्डमा प्र १–०१–०१९ प २६४५ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा स्कुटर चालक दमक–४ की ३३ वर्षीया भावना निरौला सिग्देल र पछाडि सवार दमक–१ की ४० वर्षीया गीता अर्याल अधिकारी घाइते भएका थिए।
दुवैलाई उपचारका लागि दमकस्थित निम्स अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको थियो।
अधिकारीको बिर्तामोडमा समेत उपचार सम्भव नभएपछि परिवारले उनलाई दमक ल्याएको थियो। इलाका प्रहरी कार्यालय दमकका अनुसार उनको आइतबार दिउँसो साढे १ बजे उपचारका क्रममा मृत्यु भएको हो।
स्कुटर चालक सिग्देलको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।












