भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नयाँ दिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन्। भ्रमणको दोस्रो दिन सोमबार राजघाटमा माल्यार्पण गरेपछि उनले त्यहाँको आगन्तुक पुस्तिकामा सन्देश लेखेका हुन्।
आगन्तुक पुस्तिकामा प्रधानमन्त्री शाहले महात्मा गान्धीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै करुणा नै सर्वोच्च शक्ति र निस्वार्थ सेवा नै साँचो नेतृत्व भएको उल्लेख गरेका छन्।
भगवान् बुद्धको जन्मभूमिबाट आएको सन्दर्भ जोड्दै उनले गान्धीको विरासतमा त्यही अमर ज्योति देखेको बताएका छन्।
नेपाल र भारत साझा भूगोलले मात्र नभई आस्था, आत्मीयता र चिरस्थायी मित्रताको सनातन विरासतले बाँधिएको उल्लेख गर्दै उनले गहिरो इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ यो सम्बन्धलाई थप सुदृढ बनाउने नेपालको प्रतिबद्धता पुनः व्यक्त गरेका छन्।












