पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा जोखिम देखिएकाले आफूहरुको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ। हाल उनलाई परिवारको जिम्मा लगाइसकेको छ।
शनिबार मध्यराति घरबाटै पक्राउ परेका जबरालाई केहीबेरअघि परिवारको जिम्मा लगाइसकिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। ‘डिस्कर्ड ग्रुप’मा जबराविरुद्ध विभिन्न अफवाह फैलिएको भन्दै सुरक्षाका निम्ति नियन्त्रण लिइएको प्रहरीको दाबी छ।
उनलाई भेट्न भनेर कार्यालय पुगेको मानव अधिकार आयोगको टोलीलाई पनि प्रहरीले भेट्न दिएन। गेटमा करिब ४५ मिनेट कुर्दा पनि भेट्न नदिइएपछि आयोगको टोली फर्किएको थियो। प्रहरीले जबरालाई पक्राउ गर्नुपर्ने स्पष्ट कारण नखुलाएपनि सुरक्षा प्रमुख कारण देखाएको छ।












