निरन्तर वर्षाका कारण मनाङका विभिन्न स्थानमा पहिरो जाँदा विद्युत् तथा सञ्चार सेवा प्रभावित भएको छ।
पहिरोका कारण ३३ केभी विद्युत् प्रसारण लाइनमा अवरोध भएपछि जिल्लाका केही क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। विद्युत् सेवा सुचारु गर्न प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
पहिरोका कारण सडक तथा आवागमनसमेत प्रभावित भएकाले मर्मत टोलीलाई क्षतिग्रस्त संरचनासम्म पुग्न कठिनाइ भइरहेको बताइएको छ। मन्त्रालयका अनुसार अवरुद्ध विद्युत् लाइन मर्मत गरी सेवा यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। निरन्तर वर्षाका कारण थप पहिरोको जोखिम रहेकाले प्रभावित क्षेत्रमा आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरिएको छ।












