राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री स्वर्णिम वाग्लेले भेट गरेका छन्।

बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा सो भेट भएको हो। भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

प्रधानमन्त्री बालेन शाह मंगलबार अमेरिका भ्रमणमा गएपछि वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेका थिए।