नेपाली कांग्रेसका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाँण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिएका छन्। 

आइतबार भएको रुपन्देही जिल्ला अन्तर्गतको बुटवल उपमहानगरपालिका १८ को वडा अधिवेशनबाट खाँण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिएका हुन्।

वडा अधिवेशनले चिरञ्जीवी ढकालको सभापतित्वमा १५ सदस्यीय कार्यसमिति पनि निर्विरोध चयन गरेको निर्वाचन अधिकृत विक्रम खड्काले जानकारी दिए। 

त्यस्तै, क्षेत्रीय प्रतिनिधिमा चयन हुनेहरूमा विमलप्रसाद ढकाल, प्रतिमा खनाल, हरिप्रसाद सुवेदीसहित २३ जना छन्।