राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्देशन उल्लङ्घन गरेको भन्दै बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अनुशासनको कारबाही गरेको छ।
बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्दै पार्टी सदस्यता समेत खारेज गर्ने निर्णय गरेको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
बाग्मती प्रदेश सरकार गठनका क्रममा पार्टी निर्णय र निर्देशन विपरित नेकपा एमालेलाई समर्थन गरेको र स्पष्टीकरण समेत नदिएपछि उनलाई पार्टीले कारबाही गरेको हो।
स्रोतका अनुसार बैठकमा नेता कमल थापाले भने उक्त कारबाही गर्ने निर्णयप्रति ‘नोट अफ डिसेन्ट’ लेखेका छन्। उनी थापालाई कारबाही गर्न नहुने पक्षमा उभिएको बताइएको छ।












