रास्वपाका सभापति रवि लामिछानेले सांसदहरूलाई संसदीय संयमित रूपमा संसदीय मर्यादा कायम राखेर सदनमा प्रस्तुत हुन आग्रह गरेका छन्।

रास्वपा संसदीय दलको बैठकमा बुधबार सभापति लामिछानेले उक्त कुरा बताएका हुन्।

उनले नेताहरूलाई विपक्षी दलहरूको आलोचना नगर्न समेत सुझाए। उनले भने, 'विपक्षी दलहरूको आलोचना नगर्नुस्। उहाँहरूले विपक्षी दलको भूमिका निर्वाह गर्नुभएको हो।'

उनले आगामी बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह आउने समेत बताए। उनले भने, 'अब संसदीय दलको बैठकमा प्रधानमन्त्री आउनुहुन्छ। उहाँसँग कुरा गरेको छु। आगामी बैठक संसदीय दलको नेताको उपस्थितिमा हुन्छ। आज सांसद र मन्त्रीहरूसँग अनौपचारिक रूपमा दलको बैठक हो।’

पार्टीका कुरा मलाई भन्नुस्। म पनि सचिवालयमार्फत काम गर्छु।