गृहमन्त्री सुधन गुरुङले हालै गृहजिल्ला गोरखामा ‘भोट फिर्ता लैजानुस्’ भनेर दिएको अभिव्यक्ति मजाक मात्र भएको जिकिर गरेका छन्। रास्वपा संसदीय दलको बैठकबाट बाहिरिने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले मतदातासँग जोक गरेको बताए। 

‘हामी त्यहाँ भित्र बसेर सल्लाह गरेको कुरा जोक होइन त ?’ भोट फिर्ता कसरी गर्न मिल्ने रहेछ भन्ने पत्रकारको प्रश्नमा उनले थपे, ‘आफ्नो मतदातासँग जोक गर्नु हुँदैन त ?’

गृहमन्त्री गुरुङ गत हप्ता गोरखाको नाम्जुङ पुग्दा त्यहाँका पार्टीका स्थानीय नेताले स्वास्थ्य चौकीमा ल्याब स्थापना गर्ने चुनावी वाचा सम्झाएका थिए। 

त्यसपछि गुरुङले चार महिनामा सबै काम नहुने भन्दै भोट फिर्ता लैजान भनेका थिए।