राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकका कारण प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ।

दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक २ बजेसम्म पनि सुरु हुन सकेको छैन। मन्त्रीसहित रास्वपाको संसदीय दलको बैठक सिंहदबारमा जारी छ।

रास्वपाको संसदीय दलको बैठक लम्बिएपछि प्रतिनिधि सभाको बैठक बस्न सकेको छैन।