नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति भएका उपरथी विश्वबन्धु पहाडी र प्राविधिक महासेनानी डा. इन्दिरा आचार्यलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
जङ्गी अड्डामा आज आयोजित विशेष समारोहमा प्रधान सेनापति सिग्देलले गत साउन २६ गतेदेखि उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी विश्वबन्धु पहाडीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। 
सोही अवसरमा प्राविधिक महासेनानी दर्जामा पदोन्नति भएकी प्रमुख सेनानी डा. इन्दिरा आचार्यलाई पनि प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरे।
समारोहमा बलाधिकृत, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो। पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारजनसमेत कार्यक्रममा सहभागी थिए।