नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ। सोमबार दिउँसो ४ मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्गो लगाएको हो।
नेकपाका अनुसार जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनेछन्। खिनु लङ्वा लिम्बूलाई वन, पर्यटन तथा वातावरण, गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन र गीता तिम्सिनालाई सामाजिक विकासमन्त्री बनाइने भएको छ। आचार्य नेकपा संयोजक प्रचण्डका छोरीज्वाइँ हुन्। सपना दर्जीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी दिइने छ।
नयाँ मन्त्रीको सपथ आजै दिउँसो ४ बजे गर्ने तयारी रहेको प्रदेश इञ्चार्ज राईले बताए।












