सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई संसद्मा उपस्थित भएर जवाफ दिन रूलिङ गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुख डीपी अर्यालले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर उपस्थित हुन निर्देशन दिएका हुन्।
विपक्षी दलले लामो समयदेखि संसद्मा उपस्थित गराउन सभामुखसँग रूलिङको माग गरेका थिए।
‘प्रतिनिधिसभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रश्नोत्तरको मागप्रति ध्यानाकर्षण भएको छ,’ सभामुखले भने, ‘बैठकमा उपस्थित भइ सांसदको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देश गर्दछु।’
सीमा सम्बन्धमा बालेनले संसद्मा बोलेको विषयलाई लिएर विपक्षी दलले साढे २ महिनादेखि संसद्मा विरोध गर्दै आएका छन्। सरकारलाई रूलिङ नगरेको भन्दै उनीहरूले सभामुखको भूमिकामा समेत प्रश्न गरेका छन्।












