नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मानवीयता समेत बिर्सिएको बताएका छन्। आफू तत्काल अप्रेसन नगर्दा ज्यान जाने अवस्था भएका बेला हिरासतमा राखेको बताए। 

“मलाई तत्काल अप्रेसन नगर्दा ज्यान नै जाने अवस्था थियो। तर, मलाई हिरासतमा राख्दा अप्रेसन नै ढिला हुन पुग्यो,” चैत १४ को पक्राउ सम्झँदै उनले भने, “त्यतिबेला ज्यान तलमाथि भएको भए के हुन्थ्यो? के यिनका लागि हामी किरा फट्याङ्ग्रा हौँ ?” 

उनले देशभरबाट पक्राउ र हिरासतको विरोध गरेका कार्यकर्तालाई धन्यवाद दिए।