नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला काठमाडौंमा शुरू भएको छ। शुक्रबार दिउँसो पूर्वसभापति शेरबहादुर देउवाले भेलाको उद्‌घाटन गरेका हुन्।

बिहीबार मात्र स्वदेश फर्किएका नेता देउवाको प्रमुख आतिथ्यतामा भेला आयोजना भएको हो। देउवालाई नेपाली कांग्रेसको सभापति सम्बोधन गरिएको थियो।

डा. शशांक कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्ण सिटौलालगायत छन्।

सुजाता कोइराला भने भेलामा अनुपस्थित छिन्।