जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त दरबारमार्गको टोलीले लैनचौरस्थित गाउँबेशी थकाली भान्छाघरबाट मंगलबार बिहान १६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा नेपाल प्रहरीका सई सरोज गिरी समेत छन्। उनीसँगै काभ्रेका रेशम बहादुर घ्यावा, दोलखाकी हेमा गुरुङ, चितवनकी शान्ता लामा, काभ्रेका नवराज नेपाल, सिन्धुपाल्चोकका अमर तामाङ, नुवाकोटका रमन लामा, नुवाकोटकै नवीनकुमार लामा, सन्तोष डंगोल छन्।

त्यसैगरी, झापाका टिकाराम बराल, ललितपुरका उमेश चौधरी, नुवाकोटका मंगलबहादुर तामाङ, चिबहादुर लामा, सिन्धुपाल्चोकका सुमन गरी, यस बहाहदुर तामाङ र  नुवाकोटका सुजन तामाङ छन्।

उनीहरू मध्ये सुजन तामाङ गाउँबेशी थकालीका सञ्चालक हुन्। उनीहरूबाट १३ लाख १७ हजार १२५ रुपैयाँ बरामद भएको छ। पक्राउ परेकाहरूविरुद्ध प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान अघि बढाएको छ।