सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका नवनियुक्त पदाधिकारीले सोमबार पदभार ग्रहण गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले शुक्रबार ब्रजेश खनाललाई कुलपतिको सपथ खुवाएका थिए।

त्यसपछि खनालले सोमबार अन्य पदाधिकारीलाई सपथ ग्रहण गराएका हुन्।

प्रतिष्ठानको उपकुलपतिमा ‘काफ्ले’ गीतबाट चर्चित गायिका झुमा लिम्बु, सदस्यसचिवमा भूपेन्द्रसिंह रायमाझी र प्राज्ञपरिषद् सदस्यमा राजन मुकारुङ, रेखा शाह गुरुङ, सरस्वती चौधरी, जीतबहादुर देउजा, सुबिमा श्रेष्ठ र छेन्दोकहाङ राई नियुक्त भएका थिए।

प्राज्ञसभामा डिक्रा वादी (बझाङ), भिमप्रसाद योङहाङ (पाँचथर), अनिल आङ्थुप्पो (झापा), शिवराम रिजाल (धादिङ), गोबिन्द सुनार (जुम्ला), रजत सिंह (रुपन्देही), रामकुमार मण्डल (मोरङ), दीपक पराजुली (काँस्की), अक्षता अधिकारी (तनहुँ), पुश्करबहादुर गुरुङ (दोलखा), बिनोद बानिया (कास्की), अग्रिम लामा (काठमाडौँ), पारस सुवेदी (नवलपरासी), रेखाकुमारी जोशी (कञ्चनपुर) र मोतिबहादुर कार्की (स्याङ्जा) नियक्त भएका थिए।