भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका छन्।
उच्च सरकारी स्रोतका अनुसार उनी सम्भवत अर्को सात नेपाल आउने छन्। उनी २०२६ को जुन ३० मा भारतको प्रधानसेनापतिको रुपमा पद सम्हालेका थिए।
भारतीय प्रधानसेनापति नेपाली सेनाको पनि मानार्थ प्रधानसेनापति हुने चलन छ। नेपालका प्रधान सेनापति र भारतका प्रधानसेनापति नियुक्त भएपछि एक अर्का देशमा जाने चलन पनि छ।
भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि शिष्टाचार भेट गर्ने सम्भावना छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्ताव पठाइएको भए पनि भेट हुने नहुने निश्चित छैन।
नेपाल र भारतीय सेनाबीच निकै ऐतिहासिक सम्बन्ध छ। करिब ७५ वर्षदेखि यी दुई देशका सेनाबीच मानार्थ महारथीको दर्जा दिने चलन समेत रहँदै आएको छ।
सन् १९५० देखि मानार्थ महारथी दिने चलन रहेको सैनिक मुख्यालय जङ्गी अड्डाले बताएको छ।
नेपाली सेनाका बहालवाला प्रधानसेनापति अशोकराज सिग्देलले समेत भारतीय सेनाको मानार्थ महारथी दर्जा प्राप्त गरिसकेका छन्।
२७ मङ्सिर २०८१ मा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा एक विशेष समारोहबीच राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानसेनापति सिग्देललाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन्।












