नेकपा एमालेका युवा नेता तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौं राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्न बुधवार साँझ कतार पुगेका छन्।

आगामी शुक्रवार दोहामा आयोजना हुने मञ्चको आठौं राष्ट्रिय अधिवेशनका प्रमुख अतिथिका रूपमा सहभागी हुन पुगेका नेम्वाङलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा मञ्च कतारका अध्यक्ष चूडामणि कार्की, एमाले अन्तर्राष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेललगायत मञ्चका केन्द्रीय समितिका विभिन्न तहका पदाधिकारी, कार्यसमिति सदस्य तथा शुभेच्छुकहरूले स्वागत गरेका थिए।