संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ।

बैठकमा गृहमन्त्री सुधन गुरुङ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले मन्त्रालय सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

यस्तै, नेपाली कांग्रेसकी सांसद कमला पन्तले ‘मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

यसैगरी, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक–२०८३’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।