चर्चित बलिउड अभिनेता प्रदीप रावतको निधन भएको छ।
आमिर खान अभिनित चर्चित सिनेमा गजनीमा खलनायक ‘गजनी धर्मात्मा’को भूमिकाबाट परिचित वरिष्ठ भारतीय अभिनेता रावतको क्यान्सर रोगका कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्।
लामो समयदेखि क्यान्सरसँग संघर्ष गरिरहेका रावतको मंगलबार साँझ मुम्बईस्थित अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो। उनका प्रबन्धक सिद्धार्थ आर तिवारीका अनुसार रावत पछिल्लो एक महिनादेखि मुम्बईको कोकिलावेन धिरुभाई अम्बानी अस्पतालमा उपचाररत थिए।
केही समयअघि उनलाई भिवण्डीस्थित क्यान्सर अस्पतालमा सारिएको थियो। रावतका परिवारमा पत्नी कल्याणी रावत र छोरा विक्रमादित्य रावत रहेका छन्। उनको निधनको खबर सार्वजनिक भएपछि भारतीय फिल्म उद्योगका कलाकार तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्।












