सुनसरीको कप्तानगन्ज घटनामा घाइते भएका थप एक जनाको मृत्यु भएको छ।
देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा यही साउन १० गते भएको घटनामा घाइते भएका २२ वर्षीय रवीन्द्र मेहेताको उपचारका क्रममा मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले जानकारी दिए। उनका अनुसार मेहेतमको शव उनको परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको छ।
उनको मृत्युसँगै पछिल्लो समय तराईमा भएको आन्दोलनमा मृत्यु हुनेको संख्या ४ पुगेको छ। हिन्दु र मुस्लिम दुई पक्षबिच भएको झडपमा यसअघि सोही स्थानका दुई युवा ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो।
अर्का एक युवाको सिराहामा प्रहरीकै गोली लागेर मृत्यु भएको थियो।












