नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपामाथि हुने टिप्पणीमाथि आक्रोश व्यक्त गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दुई-तीन पार्टीले खाए भनेर भनिएको भन्दै आपत्ति जनाएका हुन्।
उनले पार्टीले खाएको नभई योगदान दिएको बताए।
‘तीन पार्टीले खाए रे! खाए भन्ने कुरा हो र बलिदान दिए। ००७ सालमा को थियो? 0३२ मा को थियो? ४६ मा को थियो ? ०६२/६३ मा को थियो ? जेल बस्ने बेलामा को थियो ?,’ ओलीले भने, ‘दुईटाले खाए भनेर गलत भाष्य स्थापना गर्न खोजेका छन्। खुब फोटोको छापेको देख्छु तीनटाले खाए भनेर।’




















