सुन्दरहरैँचा नगरपालिकाको १८औँ नगरसभामा आर्थिक वर्ष २०८३र०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ।
नगरप्रमुख केदारप्रसाद गुरागाईंले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख अकली चौधरीले बजेट प्रस्तुत गर्नुभएको थियो।
प्रस्तुत बजेटअनुसार चालु तर्फ रु. ९४ करोड २४ लाख, पुँजीगत तर्फ रु. ४५ करोड २६ लाख तथा वित्तीय व्यवस्थापनतर्फ रु. २ करोड ५० लाख विनियोजन गरिएको छ। यसरी आर्थिक वर्ष २०८३र०८४ का लागि नगरपालिकाले कुल रु. १ अर्ब ४२ करोडको बजेट विनियोजन गरेको जनाएको छ।
नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गरिनेछ। छलफलबाट प्राप्त सुझाव तथा संशोधनहरू समेटेर असार १६ गते बस्ने नगरसभाको दोस्रो बैठकबाट नीति, कार्यक्रम तथा बजेट पारित गरिने कार्यसूची रहेको छ।




















