रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले आफूहरू कसैलाई हराउन राजनीतिमा नआएको बताएका छन्। साथै, उनले देशलाई जिताउन आएको टिप्पणी गरे।
आइतबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले आफूहरू पुरानो पुस्तासँग लड्न नभइ नयाँ राजनीतिक संस्कार बसाल्न आएको पनि बताए ।
‘हामी कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएका हौँ। हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौं,’ उनले भने।
उनले रास्वपाको शक्ति आक्रोश मात्र होइन, आशा हुनुपर्ने बताए।
‘आलोचना मात्र होइन, विकल्प दिनुपर्छ । विद्रोह मात्र होइन, निर्माण हुनुपर्छ,’ उनले भने ।




















