हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर आज ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ः३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको जनाइएको छ। भूकम्पबाट भएको सम्भावित क्षतिको कुनै विवरण भने प्राप्त भएको छैन।




















