राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद केपी खनालले एसइई पास गरेका विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम घोषणा गरेका छन्। खनालले आफ्नो निर्वाचन क्षेत्रका गरिब, जेहेनदार तथा विपन्न परिवारका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘एमपी स्कलरसिप प्रोग्राम’ सार्वजनिक गरेका हुन्।

चुनावको बेलामा अभिभावकहरूले आफूप्रति देखेको आशालाई छात्रवृत्ति कार्यक्रममार्फत अभिभावकसम्म पुग्ने प्रयास आफूले गरेको उनले बताएका छन्।‘५५ विद्यार्थी , ५५ सपना’ शीर्षक दिएर उनले घोषणा गरेको पूर्ण छात्रवृत्ति कार्यक्रममा सहभागी हुन उनले फारम भर्न भन्दै एउटा लिंक सेयर गरेका छन्।

आफू बसोबास गरिरहेको नजिक पर्ने पालिकाको केन्द्र छनोट गर्न आग्रह गर्दै बाँकी विषयहरू भिडियो सन्देशमार्फत जानकारी गराउने बताएका छन्।