शिक्षक सेवा आयोगले आफ्नो १८औँ वार्षिक प्रतिवेदन शिक्षा तथा खेलकुदमन्त्रीसमक्ष पेश गरेको छ।

आयोगका अध्यक्ष डा. हरिप्रसाद लम्सालले आज मन्त्रीसमक्ष आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

प्रतिवेदनमा आर्थिक वर्ष २०८२र८३ मा आयोगले सम्पादन गरेका प्रमुख कार्य, कार्यसम्पादनका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी कार्यदिशा समेटिएका छन्। साथै, आयोगका समग्र गतिविधि र उपलब्धिबारे विस्तृत विवरण प्रस्तुत गरिएको छ।

प्रतिवेदन पेश गर्ने कार्यक्रममा आयोगका अध्यक्ष तथा सदस्यहरू, मन्त्रालयका सचिव, मन्त्रीका सल्लाहकार, सहसचिव, प्रशासकीय प्रमुख तथा शाखा प्रमुखहरूको उपस्थिति थियो।