सरकारले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेललाई संसद्‌मा सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

सङ्घीय संसद् अधिवेशन शुरूकै दिन संसद्‌मा राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गर्ने निर्णय भए पनि के विषयमा सम्बोधन गर्ने भन्ने विषय खुलाइएको छैन।

राष्ट्रपति पौडेलले संसद्को यसअघिको अधिवेशनमा पनि सम्बोधन गरेका थिए।