राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका विषयमा ‘राष्ट्रिय नीति मन्थन’ कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टीको ‘पार्टी संसद/सरकार समन्वय समिति’ले नेपालको विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका विषयमा राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्न लागेको पार्टीले जनाएको छ।

पार्टीको ‘पार्टी (सांसद) सरकार समन्वय समिति’को आयोजनामा यो विशेष अन्तरक्रिया कार्यक्रम हुन लागेको हो। मुलुकमा विपद्को जोखिम बढ्दै गएको सन्दर्भमा प्रभावकारी नीति निर्माण र व्यवस्थापनका उपायहरूबारे छलफल गर्न यो कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ।

आगामी वैशाख २७ गते आइतबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभा हलमा दिउँसो ३ देखि ६ बजेसम्म कार्यक्रम सञ्चालन हुने रास्वपाका महामन्त्री एवं समन्वय समितिका संयोजक भूप देव शाहले जानकारी दिए।

कार्यक्रमलाई अर्थपूर्ण रुपमा सम्पन्न गर्न पार्टीका सबै केन्द्रीय विभागका प्रमुख वा प्रतिनिधिलाई सहभागी आग्रह गरेको छ।