राज्यका पूर्व विशिष्ट पदाधिकारीहरूले विदेशमा उपचार गराउँदा सरकारी कोषबाट व्यहोरेको खर्च फिर्ता गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।
रिट निवेदनमा प्रचलित कानुन र जनस्वास्थ्यसम्बन्धी व्यवस्था विपरीत राज्यकोषबाट उपचार खर्च भुक्तानी गरिएको दाबी गरिएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइराला का अनुसार उक्त विषयमा बिहीबार रिट दर्ता भएको हो।
निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, झलनाथ खनाल तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई विपक्षी बनाइएको छ।
सर्वोच्च अदालतमा दर्ता भएको उक्त निवेदनमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुने जनाइएको छ।




















