करेन्ट लागेर खोटाङमा एक जनाको मृत्यु भएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको मृत्यु भएको हो।
गाउँमा विस्तार गरिएको विद्युत् अवरुद्ध भएपछि पुनःसञ्चालन गर्नका लागि ट्रान्सफर्मरको फ्युज फेर्न पोलमा चढेको समयमा करेन्ट लाग्दा आनन्दको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको बतासेका वडाध्यक्ष बबेन्द्र राईले जानकारी दिए ।
उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी भइरहेको राईले बताएका छन्।




















