श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले चौथो वरीयतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरिएको भन्दै आपत्ति जनाएका छन्।
साम्पाङले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्। उनले संसद् छलेर अध्यादेश ल्याइएको भन्दै त्यसको पनि विरोध गरेका छन्।
'संसद् छलेर राष्ट्र प्रमुखलाई दबाब दिई(दिई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराउनु गलत थियो १ गलत कार्यलाई कदापी सही भन्न सकिन्न र भन्न हुँदैन,'साम्पाङले उल्लेख गरेका छन्, 'वरीयताले चौथोलाई प्रधानन्यायधीश नियुक्त गर्नु अर्को ठूलो गल्ती गरेको छ यो सरकारले। यो कदमप्रति घोर आपत्ति व्यक्त गर्दछौँ।'
प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर श्रम संस्कृति पार्टीबाटै सांसदहुँदै उपसभामुख बनेकी हुन्। ठाकुरले पनि उक्त निर्णयमा सहमति जनाएको भन्दै अध्यक्ष साम्पाङले त्यसलाई खेदजनक भनेका छन्।
हाम्रै पार्टीबाट जानुभएको उपसभामुखले समेत वरीयताको क्रमलाई उल्लंघन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण रहेको छ, 'साम्पाङले भनेका छन्, 'यसरी विधिलाई मिचेर राजनीतिलाई अघि सार्ने चलनको सदासर्वदा श्रम संस्कृति पार्टी विरोध गर्दछ।'




















